शाइन रसुङ्गा बैंक द्वारा आमाको छात्रावासलाई स्टेश्नरी सामग्री सहयोग

अत्तरिया : शाइन रसुङ्गा डेभलपमेन्ट बैंक धनगढी शाखाले धनगढी उपमहानगरपालिका–५ तारानगरमा रहेको आमाको माया छात्रावासलाई स्टेश्नरी सामग्री सहयोग गरेको छ । बैंकले आफ्नो १५ औँ वार्षिकोत्सवको अवसरमा बिहिबार छात्रावासमा पुगेर सामग्रीहरु हस्तान्तरण गरेको हो । बैंकको धनगढी शाखाका प्रबन्धक रेविन्द्र शाहले स्टेश्नरी सामग्रीहरु छात्रावास सञ्चालकलाई हस्तान्तरण गरेका हुन् ।
प्रबन्धक रविन्द्र शाहीका अनुसार छात्रावासमा बसिरहेका सहाराविहिन बालबालिकाहरुका लागि अध्ययनका लागि सहजता होस् उदेश्सका साथ झोला, कापी, कलम, लगायतका २० हजार रुपैयाँ बराबरको सामग्री सहयोग गरेको छ । प्रबन्धक शाहीले सामाजिक उत्तरदायित्त अन्र्तगत सहारा विहिनहरुलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताए । अगामि दिनमा पनि यस प्रकारको सहयोग गर्ने उनले प्रतिबद्धता समेत गरे । बैंकले वार्षिकोत्सव कार्यक्रम बिहिबार विविध कार्यक्रम गरी देशभरका शाखाहरुमा मनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.