धनगढीमा नेपाली सेनाको सैनिक प्रदर्शनी

अत्तरिया : महाशिवरात्रि तथा २६० औँ नेपाली सेना दिवसको अवसरमा सुदूरपश्चिम पृतना हेडक्वाटरले धनगढीमा विविध सैनिक प्रदर्शनी तथा युनिट रन २०७९ को आयोजना गरेको छ । आज शुक्रबार सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीबाट उद्घाटन गरिएको प्रदर्शनी दुई दिन सम्म सञ्चालन हुने छ ।
प्रदर्शनीमा धनगढीका मेयर गोपाल हमाल, लगायत विविध व्यक्तिहरुको सहभागिता रहेको थियो ।
नेपाली सेनाले विशेष कला प्रदर्शनी गरेका थियो । सेनाले गरिरहेका कामको बारेमा जानकारी दिन पनि प्रदर्शनीको उदेश्य रहेको सुदूरपश्चिम पृतनापति विजय थापाले बताए । ‘वाहिर रुपमा सेनाको काम हेरर अहिलेसम्म जनताको जनविश्वास जितिरहेको छ’, पृतनापति थापाले भने । ‘भित्रि रुपमा पनि कसरी काम गरिरहेको छ ।
त्यो कुरा प्रदर्शनीबाट थाह पाउन्छन् ।’ इतिहासदेखि वर्तमानसम्मका सैनिकका विविध गतिविधिबारे प्रदेशका नागरिकलाई जानकारी दिन २०७४ सालदेखि केन्द्रदेखि प्रदेशमा यस्ता कार्यक्रम गरिन लागेको पृतनापति थापाको भनाई छ । निःशुल्क प्रवेशको सुविधा मिलाएको प्रदर्शनीमा सैनिक व्याण्ड, हातहतियार, उपकरण, पोशाक, खेलकुद तथा पर्वतारोहण एवम् विकास निर्माण लगायत प्रदर्शनीमा रहेका छन् । राष्ट्रसंघीय शान्ति स्थापनामा सेना सहभागिता, विशेष फौज, एकीकरण पदमार्ग जर्गेना, पदिक फौज र मद्दति अङ्ग लगायत सुरक्षा गतिविधिबारे प्रर्दशनी अवलोकन गर्न सकिने छ । प्रदर्शनीमा विभिन्न संस्कृति झल्किने झाँकीहरु समेत प्रस्तुत गरिएको थियो । प्रदर्शनीले खेलकुदमा समेत टेवा पुग्ने विश्वास गरिएकको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.