अत्तरिया : सुदूरपश्चिम विश्वविद्यालयले चैत ८ गते स्ववियु (स्वतन्त्र विद्यार्थी युनियन) निर्वाचन गर्ने निणर्य गरेको छ । विश्वविद्यालयको कार्यकारी परिषद्ले केन्द्रीय क्याम्पससहित सबै आंगिक क्याम्पसमा स्ववियु निर्वाचन गर्ने निणर्य गरेको हो ।
विश्वविद्यालयको कार्यकारी परिषद्ले सोमबार स्ववियु निर्वाचनको निणर्य गरेको थियो । त्यसअघि विद्यार्थी संगठनहरूसँग पनि छलफल गरेको थियो । विद्यार्थी संगठनहरूले पनि स्ववियु निर्वाचनको माग गर्दै आएका थिए । २०६६ मा विश्वविद्यालय स्थापनापछि पहिलो पटक स्ववियु निर्वाचन हुन लागेको हो । केन्द्रीय क्याम्पससहित १५ आंगिक क्याम्पसमा निर्वाचन हुने विश्वविद्यालयका रजिस्ट्रार पाठकले बताए । तत्कालीन सिद्धनाथ बहुमुखी क्याम्पसलाई विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा परिणत गरेर पठनपाठन सुरु भएको थियो ।
त्यसपछि प्रदेशका अन्य क्याम्पसहरूलाई पनि आंगिकता प्रदान गरिएको थियो । स्ववियु निर्वाचन घोषणा भएपछि विद्यार्थी संगठनहरूले स्वागत गरेका छन् । विश्वविद्यालयमा हाल १७ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।
सम्बन्धित पाेस्टहरु