एकता प्रगतिशिल सहकारीको स्थापना दिवशमा शैक्षिक सामग्री वितरण

अत्तरिया : कैलालीको गादावरी नगरपालीका वडा नम्बर ८ स्थित स्याउलेमा रहेको एकता प्रगतिशिल बचत तथा ऋण सहकारी सँस्थाले आफ्नो स्थापना दिवशमा बालबालिकालाई शैक्षीक सामग्री वितरण गरेको छ ।
सँस्थाले शुक्रबार आफ्नो १३ औँ स्थापना दिवशको अवसर पारी का २३ जना बालबालिकलार्ई शैक्षिक सामग्री वितरण गरेको गरेको हो । आफ्ना शेयर सदस्यका छोरीछोरीबाट छनोट गरी विपन्न तथा जेहेन्दार बालबालीकालाई झोला र स्टेशनरी वितरण गरीएको हो । १३ वर्ष अघि ४१ जना शेयर सदस्यबाट सुरु भएको उत्त सहकारीसंग अहिले करिब ३२ सय जना शेयर सदस्य रहेका छन् ।
गत भदौमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारीले गरेको मुल्यांकनमा एकता प्रगतिशिल बचत तथा ऋण सहकारी सुदूरपश्चिम प्रदेशमै उत्कृष्ट घोषीत भएको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.