अत्तरिया : गोदावरी नगरपालिका वडा नं २ तेघरीमा रहेको जनकल्याण इंग्लिश स्कूलले २४ औं बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ।
वि.स. २०५४ साल स्थापना भई सञ्चालनमा ल्याइएको विद्यालयमा नर्सरी कक्षा देखि १० कक्षा सम्म पठनपाठन भईरहेको छ । हाल यस विद्यालयमा ४५० जना विद्यार्थीहरुले अध्ययरत रहेका छन् । विद्यालयले २४ औं वार्षिकोउत्सवकोे अवसरपारी विद्यालयमा अध्ययनरत एवम् खेलकुदमा सहभागी प्रथम, दृतिय,तृतीय,साथै उत्कृष्ट विद्यार्थीहरु लगायत विभिन्न विधामा सहभागी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेका थियो । साथै वार्षिकोउत्सवमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रममा आफ्नो रोचक नृत्य ,गीत,मन्तव्य प्रस्तुति समेत गरेका थिए।
जनकल्याण इंग्लिश स्कूलका संस्थापक योगेन्द्र हमालको अध्यक्षतामा भएको बार्षिकोत्सव कार्यक्रमको प्रमुख अतिथि सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति टी.एन जोशी थिए । यस्तै विशिष्ट अतिथिमा गोदावरी नगरपालिका नगर प्रवक्ता गोपाल दत्त भट्ट, दुर्गालक्ष्मी बहुमुखी क्याम्पस प्रमुख डा. डम्बर बहादुर पाल, प्याब्सनका केन्द्रीय उपाध्यक्ष जगबिर थापा थिए। यस्तै अतिथिमा वडा नं १० का वडाध्यक्ष रवीन्द्र शाही, वडा नं २ का वडाध्यक्ष यज बहादुर महरा,राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष लीलाधर बास्कोटा, युवा नेता लोकराज पाण्डे आगो र सामाजिक अभियन्ता पुस्कर शर्मा जोशी लगायत बिभिन्न संघसंस्थाका प्रतिधीनि र समाजसेवी,विद्धिजिवि, अभिभावकहरुको उपस्थिति रहेको थियो ।
संख्या मात्र होइन गुणस्तरिय शिक्षामा जोड दिन्छु : हमाल
जनकल्याण विद्यालयका संस्थापक योगेन्द्र हमालले २४ औं वार्षिकोत्सव तथा अभिभाबक दिवस भव्यताका साथ मनाएको बताए । उनले विद्यार्थीको संख्या भन्दा पनि शिक्षाको गुणस्तमार जोड दिने गरेको बताए । ‘हामीले विद्यार्थीहरूको संख्या मात्र नभएर गुणस्तरिय शिक्षामा जोड दिई अध्ययन गराउँछौँ’, उनले भने ।
वि सं २०५४ सालमा ८ जना विद्यार्थीहरूको संख्याबाट एउटा भाडाको भरमा सञ्चालनमा ल्याइएको विद्यालयले अहिले आफ्नै स्वामित्वको भवनमा विद्यार्थीहरुलाई अध्यापन गराउँदै आइरहेको उनले बताए । अहिले विद्यालयमा नर्सरी कक्षा देखि १० कक्षा सम्म का ४ सय ५० जना विद्यार्थीहरुलाई पढ्नपाठन गराउँदै आइरहेको उनको भनाई रहेको छ ।
‘स्कूलले २४ औं बसन्त पार गरेका छ । एउटा कुनै सामान्य कुरा हैन फलामे चिउरा भन्दा पनि कडा भएको महसुस गरेका छौ र विगत २०५४ साल लाई फर्केर हेर्दा एकदम सानो झुप्रो तहरो भाडाको भरबाट सुरुवात गरेको आज समस्याहरु पछ्याउदै अगाडि बढेका छौँ’ उनले भने । उनले आगामी दिनमा जनकल्याण स्कूल कक्षा १० सम्म मात्र नरहेर प्राविधिक शिक्षाले जोड दिने बताए । विद्यार्थीहरुलाई पढाईको गुणस्तरमा विशेष किसिमको जोड दिँदै अगाडि बढ्को उनको भनाई छ ।
उनले विद्यालय सञ्चालन गर्दै गरिरहँदा २०६३ सालमा गोदावरी नगरपालिका वडा नं ४ बास्कोटा मा जनकल्याण एकेडेमी भनेर शाखा विस्तार गरेर सञ्चालन गरेका बताए । अहिले आएर एउटा छुटै अनुमति प्रदान गरेर कक्षा ७ सम्म मा त्यस क्षेत्रका विधार्थीहरुलाई पठनपाठन गराउँदै आईरहेको उनले बताए ।