सेनाको बोराडाँडी ब्यारेकमा दुई दिनको लागी सैनिक प्रदर्शनी

अत्तरिया : सुदूरपश्चिम पृतना हेडक्वाटरले नेपाली सेनाको २६० औं स्थापना दिवसको अवसरमा बोराडाँडी ब्यारेकमा दुई दिनको लागी सैनिक प्रदर्शनी अवलोकन गर्न तथा युनिटी रन कार्यक्रम आयोजना गरेको हो ।
नेपाली सेनाले हरेक वर्ष महाशिवरात्रि अर्थात् सेना दिवसको दिन काठमाडौको सैनिक मञ्चमा विभिन्न सैनिक कवाज, युद्ध कौशल देखाउँदै आएकोमा यस वर्षबाट प्रदेशहरूमा पनि सैनिक प्रदर्शनी थालिएको छ ।
उक्त कार्यक्रममा सैनिक प्रदर्शनी अवलोकनका साथ साथै खेलाडीहरुका लागी युनिटी रनको आयोजना समेत गरिएको थियो , जस्मा खेल क्षेत्रमा रहेका खेलाडीहरुको मनोबल तथा आत्माविश्वासको कदर गदै महिला तथा पुरुष दुबैको लागी ५ किमी दौड १० किमि दौड तथा २१ किमि दौड राखिएको थियो ।
उक्त युनिटी रनका लागी महिला पुरुष दुबै गरेर ११५२ जनाले सहभागीता जनाएका थिए भने महिला तर्फ ५ किमी दौडमा सिमा चौधरीले १८ मिनेट २० सेकेनमा पार गदै प्रथम स्थान हासिल गरेकी हुन र १९ मि. २५ से मा पार गदै सुसिला महतले दृतिय स्थान हासिल गरेकी छन भने १९मि . ३८ सेमा दुरी पार गर्दै नौसरी साउदले तृतिय स्थान हासिल गरेकी हुन ।् त्यसै गरि पुरुष तर्फको ५ किमी दौडमा प्रकाश ऐरीले १६ मि १० सेमा दुरी पारगदै प्रथम भएका छन भने १६मि ५८ से मा बुद्धि मल्ल द्धितिय स्थान हासिल गरेका छन भने १७ मि ०१ से मा दुरी पार गर्दै महेन्द्र नाथ तितृय स्थान हासिल गर्न सफल भएका हुन । भने बिद्यार्थी तफर्मा महिलामा बाट वर्षा पण्डितले २२ मि १९ मा दुरी पार गर्दै प्रथम स्थान हासिल गरेकी छिन तेसैगरि २२मि ३३ से मा दुरी पार गदै नतासा विष्ट द्धितिय र २३ मि २० से मा दुरी पार गर्दै खिमा कु बमले तितृय स्थान गर्न सफल भएकी हुन भने पुरुष विद्यार्थी तर्फ १७मि ०५ से मा दुरी पार गर्दै नविन धामीले प्रथम स्थान हासलि गरेका छन , १७ मि ३३ सेमा दुरी पार गर्दै उमेश मगर द्धितिय स्थान हासिल गर्न सफल भएका छन भने १७मि४० सेमा दुरी पार गर्दै विरेन्द्र वि केले तितृय स्थान गरेका हुन ।
त्यसै गरि १० किमी दौड तर्फ दिनेश बोगटीले ३२ मि ३४ सेमा दुरी पार गदै प्रथम स्थान हासिल गरेका छन भने ३३ मि ३० सेमा दुरी पार गर्दै कर्ण बोहोराले द्धितिय स्थान हासिल गरेका हुन र ३४ मि ४० सेमा दुरी पार गर्दै रामसिंह पाल तितृय स्थान हासिल गर्न सफल भएका हुन ।
२१ किमि दौडतर्फ शुसिल कुमार शाहीले १ घण्टा ६ मि २६ सेमा दुरी पार गर्दै प्रथम स्थान हासिल गरेका हुन भने १ घण्टा७ मि२१ सेमा दुरी पार गर्दै खगेन्द्र बहादुर भाटले द्धितिय स्थान र १ घण्टा ९मि २६ सेमा दुरी पार गर्दै शन्तोस विक्रम विष्टले तितृय स्थान हासिल गर्न सफल भएका छन ।
आज बिहान बोराडाडी ब्यारेक बाट सुरु भएको उक्त दौड प्रतियोगिता राजपुर गेटा चोक तथा अत्तरीया चोक हुदै बोराडाडी ब्यारेकमै समापन गरिएको हो ।
उक्त दौडमा सहभागी प्रथम द्धितिय तितृय स्थान हासिल गर्ने खेलाडीहरुलाई नगद पुरुष्कार सहित प्रमाण पत्रले सम्मा गरिएको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.