अछाममा आगलागीका दुई घाइतेलाई हेलिकोप्टरबाट काठमाडौ पुगाइयो

अछाम : आगलागीमा परेर सिकिस्त भएका अछामको पञ्चदेवल विनायक नगरपालिका दुईजना युवाहरूलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ । गत ११ फागुनमा घरमा नै आगलागीमा परेपछि पञ्चदेवल बिनायक नगरपालिका–८ कोसेडी निवासी हिमराज रोका मगर र पिरम रोकामगर गम्भीर घाइते भएका थिए । जिल्लामा उपचार सम्भव नभएपछि उनीहरूलाई सुर्खेत अस्पतालमा भर्ना गरिएको थियो ।

घाइतेमध्ये हिमराजको शरीर ८० प्रतिशत भाग जलेको छ भने पिरमको ३६ प्रतिशत जलेको छ । सुर्खेत अस्पतालले समेत उपचार गर्न नसक्ने र काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा लैजान सिफारिस गरेपछि पीडित परिवारले उद्धारका लागि पहल गरिदिन प्रधानमन्त्री प्रचण्डसमक्ष अपिल गरेका थिए । प्रधानमन्त्री कार्यालयले घटनाको संवेदनशीलतालाई मध्यनजर गर्दै पीडितहरूलाई तत्काल अस्पताल पु¥याउन निर्देशन दिएपछि गृह मन्त्रालयको समन्वयमा नेपाली सेनाको हेलिकोप्टरमार्फत घाइतेलाई काठमाडौं ल्याइएको हो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.