एसपीए द्वारा महिला क्रिकेटर सम्मान

धनगढी : धनगढीमा रहेको सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए कलेज) को रजत जयन्तीको उपलक्ष्यमा राष्ट्रिय महिला क्रिकेटरलाई सम्मान गरेको छ । इटहरीमा भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेटको उपाधि जित्दै इतिहास रचेको सुदूरपश्चिम टोलीका चार महिला क्रिकेटरलाई नगदसहित सम्मान गरिएको छ ।
सम्मानित हुनेमा कविता कुँवर, ईश्वरी विष्ट, मनीषा चौधरी र रुवि पोदार छन् । प्रधानमन्त्री कप फाइनलको अन्तिम ओभरमा जितनिम्ति ८ रन आवश्यक हुँदा एसपीएमा अध्ययनरत कविताले लगातार दुई छक्का प्रहार गर्दै सुदूरपश्चिमलाई पहिलोपल्ट महिला राष्ट्रिय क्रिकेटको उपाधि दिलाएकी थिइन् ।

दुई वर्षअघि मलेसियामा सम्पन्न पाँचौं गोजुरियो विश्व कराते च्याम्पियनसिपमा रजत पदक जितेका एसपीएकै विद्यार्थी कमल ओलीलाई सम्मान गरियो । उनीहरूलाई सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा, एसपीएका अध्यक्ष योगेन्द्रबहादुर शाही, प्रबन्ध निर्देशक सुवास शाही, क्याम्पस प्रमुख योगराज उपाध्यायले सम्मानित गरेका थिए । कलेजले शिक्षा र सामाजिक क्षेत्रका एक दर्जन व्यक्तित्वलाई समेत सम्मान ग-यो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.