धनगढीमा सूचना प्रविधि मेला हुँदै, तयारी पुरा

अत्तरिया : धनगढीमा आयोजना हुन गइरहेको सूचना प्रबिधि मेला (क्यान इन्फोटेक) २०२३ को तयारी अन्तिम चरणमा पुगेको छ । इन्फोटेकको मुख्य प्रायोजकमा नेपाल दुर संचार प्राधिकरण र एशोसियटमा नेपाल टेलिकम रहेका छन् ।

फागुन १६ गते देखि २० गतेसम्म सञ्चालन हुन गइरहेको क्यान इन्फोटेकको दोश्रो संस्करणको तयारी पुरा भैसकेको क्यान इन्फोटेकका निर्देशक टेकराज पनेरु पप्पुले बताए । संचार तथा प्रविधि क्षेत्रमा बिकास भएका नया नया प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको बिकासका लागि आवश्यक रणनीति निर्माणका लागि सार्थक अन्तरक्रिया गर्ने उदेश्यले इन्फोटेक आयोजना भैरहेको छ ।
सुचना प्रविधि सम्वन्धी चासो राख्नेहरुका लागि सुचना प्रविधिको क्षेत्रमा विकास तथा प्रयोगका बारेमा जानकारी लिने बिशेष थलो हुन सक्दछ । इन्फोटेक सुचना तथा संचार प्रविधि क्षेत्रका कम्पनीहरुलाई आफ्नो बिचार तथा प्रविधिको बारेमा सरोकारवालाहरुका् आवश्यकता थाहा पाउने, बजार सर्वेक्षण गर्ने, नया उत्पादन सार्वजनिक गर्ने, ग्राहकसँग आपसी सम्वन्ध स्थापना गर्नेमा महत्वपुर्ण हुने शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

क्यान कैलालीका अध्यक्ष यज्ञ राज ओझाका अनुसार इन्फोटेकमा नेपाल बिज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को सुविधा सम्पन्न मोबाइल बसमा बिभिन्न सेमीनारका बारेमा जानकारी गराइने छ । अध्यक्ष ओझाका अनुसार इन्फोटेकमा ७० वटा स्टलबाट बिभिन्न कम्पनी, संस्थाहरुलाई आमन्त्रण गरेर नयाँ प्रविधिको प्रदर्शनी गरिनेछ । सुदुरपश्चिमका नौ वटै जिल्लालाई समेटेर ८० हजारदेखि १ लाख दर्शकलाई अवलोकन गराउने लक्ष्य छ ।

इन्फोटेकममा आइटी सेमीनार आयोजना गरिनेछन् भने प्रविधिको प्रदर्शन गर्ने संस्थालाई पुरस्कृत गरिनेछ अनलाइन प्रदर्शन गरिनेछ । मुल संयोजक धामीका अनुसार सूचना प्रबिधि मेलामा साइबर सुरक्षाबारेमा पनि जानकारी गराइने छ । प्रविधिको प्रयोगसंगै बालबालिकाहरु मोबाइल तथा कम्यूटरमा बढी समय व्यतित गर्ने गरेको अवस्थामा उनीहरुलाई गलत बाटोमा जानबाट कसरी रोक्ने भन्ने बारेमा पनि मेलामा जानकारी गराइने इन्फोटेक २०२३ का निर्देशक पनेरुले बताए ।
पहिलो इन्फोटेक भएकको सात बर्षपछि क्यान कैलालीले दोश्रो संस्करणको आयोजना गर्न लागेको हो । क्यान कैलालीले २०७२ मा पहिलो पटक क्यान इन्फोटेक आयोजना गरेको थियो । दोश्रो इन्फोटेकको तयारी गरे पनि कोभिडका कारण सफल हुन सकेका थिएन ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.