बैतडीमा बाबु द्वारा अपाङ्गता भएकी छोरी माथि बलात्कार, प्रहरीमा उजुरी

बैतडी : बैतडीको मेलौली नगरपालिका –७,का ५६ वर्षीय पुरुषले २४ वर्षीय अपाङ्गता महिलालाई बलात्कार आमाले नै देखेपछि सार्वजनीक भएको छ ।

बलत्कारको आरोपमा ५६ वर्षीय तारा दत्त भट्टबिरुद्ध अपाङ्गताको (क) वर्गको सामाजिक सुरक्षा भत्ता बुझ्दै आएकी २४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा परिवारले प्रहरीमा उजुरी दिएका हुन् । शनिबार ५६ वर्षीय भट्टले अपाङ्गता भएकी महिला माथि बलात्कार गरि रहेको महिलाकी आमाले प्रत्यक्ष देखेपछि आईतबार प्रहरीमा उजुरी दिएको पीडीत परिवारको भनाई छ ।

पीडितले जिल्ला प्रहरी कार्यालय बैतडीमा उजुरी दिएपछि आरोपी ५६ वर्षीय रामदत्त भट्टलाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको छ ।
पीडितलाई आरोपीले यसअघि पनि जबरजस्ती करणी गरेको स्वीकार गरेको भिडियो समेत महिलाका आफन्तले सार्वजनिक गरेका छन् ।
यद्यपि आरोपी पुरुषले महिलाका आफन्तले जबरजस्ती बोल्न लगाएको बताएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.