धनगढीमा आजदेखि इन्फोटेकको आयोजनामा सूचना प्रविधि प्रदर्शन

अत्तरिया : धनगढीमा आजदेखि इन्फोटेकको आयोजनामा सूचना प्रविधि प्रदर्शन हुने भएको छ। कम्प्युटर एशोशियसन नेपाल कैलालीको आयोजनामा आजबाट २० गतेसम्म सूचना प्रविधि प्रदर्शनी हुँदै छ। धनगढी स्थित सोराइ ब्यांक्वेटमा प्रदर्शनीको तयारी गरिएको छ।

आज बिहान १० बजे प्रदेश प्रमुख देवराज जोशीले प्रदर्शनी उद्घाटन गर्ने कार्यक्रम रहेको अध्यक्ष यज्ञराज ओझाले जानकारी दिएका छन्। मेलामा सूचना प्रविधिको बारेमा जानकारी दिने, नविनतम प्राविधिक सामग्रीको प्रदर्शनी गरिने, साइबर सेक्युरिटी सम्बन्धी जानकारी दिइने जनाइएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.