अत्तरिया : कैलालीको गोदावरीमा २ महिने ब्रिक लेयर मेसन (डकर्मी) तालिम सञ्चालन गरिएको छ । निड्स नेपालको युवा तथा महिला उद्यमशिलता विकास परियोजना अन्तरगत गोदावरी नगरपालिका –८ डकमी तालिम सुरु भएको हो । तालिमको बिहिबार एक कार्यक्रमका बीच गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टले उद्घाटन गरेका हुन् ।
कार्यक्रममा नगरप्रमुख भट्टले ब्रिक लेयर मेसन तालिमले प्रशिक्षार्थीहरुको भविष्य निर्धारण गर्न पनि मदत पुग्ने भएकाले यसलाई सामान्य रुपमा नलिन आग्रह गरे । उनले डकर्मीको काममा जोखिम पनि हुने भएकाले तालिममा सुरक्षाका बिषयमा पनि जानकारी दिन आवश्यक रहेको बताए ।
निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीले भूकम्पीय जोखिम रहेको सुदूरपश्चिममा ब्रिक लेयर मेसन (डकर्मी) तालिमको महत्त झन बढेको बताए । उनले भारतजाने नेपालीहरुको लागि निड्स नेपालले काम गरिरहेको बताए । उनले हाल महिला र युवालाई जोडेर गोदावरी र चुरे गाउँपालिकामा कार्यक्रम संचालन भइरहेको बताए ।
टेस नेपालका अध्यक्ष एवम् म्यानेजिग डाईरेक्टर छत्र बहादुर बमले अहिले घर बनाउने मान्छेको माग बढेकाले यस तालिम लिएकाहरु बेरोजगार भएर बस्न नपर्ने बताए । श्रावण १९ गते सम्म संचालन हुने तालिममा गोदावरी नगरपालिका –८ का २० जना युवाहरुको सहभागिता रहेको निड्स नेपालका कार्यक्रम संयोजक विनोद कडाराले जानकारी दिए । तालिमका लागि लुथरन वल्र्ड रिलिफले आर्थिक र टेस नेपालको प्राविधिक सहयोग रहेको छ । कैलालीको गोदावरी नगरपालिका र चुरे गाउँपालिकामा निड्स नेपालको युवा तथा महिला उद्यमशिलता विकास परियोजना संचालनमा रहेको छ । कार्यक्रम अन्तरगत २ बर्षको अवधिमा गोदावरी चुरेमा २५० जनालाई व्यावसायी बदाएको दावी गरेको छ ।
सम्बन्धित पाेस्टहरु