अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाले नीति तथा कार्यक्रम शुक्रबार भोलि सार्वजनिक गर्ने भएको छ । नगरपालिकाले आर्थिक बर्ष २०८०\०८१ का लागि भोलि नीति तथा कार्यक्रम सार्वजनिक गर्न भएको हो ।
नगरपालिकाले बिहान ११ बजे अत्तरियाको नमस्ते पार्टी प्यालेसमा नीति तथा कार्यक्रम एवं बजेट सार्वजनिक गरिने भएकाले नरपालिका र वडा कायलयको सेवा प्रवाह भने बन्द रहने जनाएको छ ।
प्रमुख प्रशासकीय अधिकृत बसन्त कुमार खत्रीले स्वास्थ्य, दमकल र सरसफाइ बाहेकका सबै सेवा शुक्रबार बन्द हुने जनाएका छन ।