कञ्चनपुरमा करेन्ट लागेर एक बालकको मृत्यु

कञ्चनपुर : कञ्चनपुरमा करेन्ट लागेर एक दुई वर्षीय बालकको मृत्यु भएको छ ।

सोमबार साँझ बैतडी घर भइ हाल भीमदत्त नगरपालिका–१० गड्डाचौकी माईती घरमा बस्दै आएकी तुलसी कोलीको दुई वर्षीय छोरा आरव कोलीको करेन्ट लागेर मृत्यु भएको हो । घरमा टीभीको लाइन जोड्नेक्रममा एक्कासी करेन्ट लागेर घाइते भएका बालकको उपचारको क्रममा महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.