संघर्ष समितिले गेटा स्वास्थ्य विश्वविद्यालयको गेटमा धान रोप्ने

अत्तरिया : धान दिवसको अवसरमा भोली शुक्रबार असार १५ गते शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालको गेटमा धान रोपिने भएको छ । शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले संघर्षका कार्यक्रम अन्तरगत विश्वविद्यालयको गेट अगाडि धान रोप्न कार्यक्रम अगाडि सारेको हो ।
तत्काल चालु संसदको अधिवेशनबाटै शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारीत गरी ६ सय शैय्याको अस्पताल संचालन गर्न दवाव दिन सांकेतिक विरोध स्वरुप गेट अगाडि धान रोप्न लागिएको संघर्ष समितिका सचिव धर्मसिंह कुँवरले जानकारी दिए ।

सरकारले माघ २९ गते मन्त्रिपरषदको बैठकबाट गेटामा शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना घोषणा गरेर जेठ ५ को नीति कार्यक्रममा पनि समेटेको भएपनि जेठ १५ को बजेट भाषणमा गेटामा प्रतिष्ठान बनाएर १ सय शैय्याको अस्पताल चलाउने गरी बजेट पास गरेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.