पक्कि पुल निर्माण सम्पन्न भएको डेढबर्ष बितिसक्दा पनि बाजुरा बुढिगंगा नदिमा बेलिब्रिज पुल कायमै

बाजुरा, १८ साउन : बाजुराको बडिमालिका नगरपालिका अन्तर्गत साँफे–मार्तडी सडक खण्डको जडाङ्गमा पक्की पुल संगै बेलिब्रिज पुल पनि रहेको छ । पक्कि पुल निर्माण सम्पन्न भएको डेढबर्ष बितिसक्दा पनि अन्य ठाउँमा सार्न पहल नहुँदा पुल नदिमै यथावत रहेको छ ।
जडाङ्गको बुढिगंगा नदिमा दुइवटा गाडि गुड्ने पुल छन् । तर जिल्लाका अरु सडकखण्डमा भने एउटा पुल पनि निर्माण हुन सकेको छैन् । जिल्लाका मार्तडी कोल्टि सडकखण्डका तिन ठुला नदि र काँडा आटिचौर मार्तडी जोडने सडक खण्डको भौनेरामा पुल निर्माण नहुँदा अहिले बर्षातमा यातायात पुर्ण रुपमा ठप्प रहेको छ ।
जिल्ला तहमा बेलिब्रिज अर्को ठाउँमा सारिनुपर्ने स्थानीयले माग राखेपनि अन्यत्र लिने अहिले सम्म कुनै योजना बनेको छैन् । उक्त पुल सडक बिभागको हो, सडक बिभागले कता सार्न भन्ने ठोस योजना नहुदा बेलिब्रिज नदिमै थन्किएको प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले वताए । अन्य ठाउँमा सारेको भए अन्य ठाउँका बासिन्दा प्रत्यक्ष लाभाबान्ति हुने थिए, आफ्नो क्षेत्रबाट पहल भइरहेको खड्काले वताए।
जडाङ्गमाको बुढिगंगा नदिमा २०७७ साल साउन २५ गते देखि आएको बाढीले बेलिब्रिज बगाएको थियो । सडक बिभागले तत्काल ठेक्का खोलेर सोही बर्षको माघ महिना बाट बेलिब्रिज सञ्चालनमा ल्याएको थियो । बेलिब्रिज सञ्चालनमा आएको १ बर्ष पछि खोलमा पक्कि पुन निर्माण कार्य सम्मपन गरेर सञ्चालनमा आएको थियो ।
सडक डिभिजन कार्यलय साँफेबगरले बेलिब्रिज ढुवानी देखि निर्माणका लागि १ करोड ८८ लाख ठेक्का आव्हान गरेर काम गरेको थियो । सडक डिभिजन कार्यलय साँफेबगरका एक कर्मचारीले भने बेलिब्रिज कता लिने कुनै निर्णय नभएको बताएको छ । केन्द्रबाट कहाँ लिने निर्देशन आएको छैन्, बाजुराका धेरै नदिमा आबश्यक छ, तर कहाँ लिने कुनै योजना नभएको सडक डिभिजन कार्यलय साँफेबगरले वताएको छ ।
मार्तडी कोल्टि सडक अन्तर्गत अनाइखोलाले एकसाता पहिला ट्याक्टर बगाउदा चालक अहिले सम्म बेपत्ता रहेका छन् । खोलामा पुल नहुँदा ट्याक्टर रातिको समय खोला तार्न खोज्दा माथि आएको बाढीले गाडि बगाएर चालक बेपत्ता बनाएको थियो । बडीमालिका नगरपालिका नगरप्रमुख अम्मर खड्काले भने बुढिगंगा नदिमा रहेको बेलिब्रिज अन्तसार्नका लागि हामीले पहल त गरेका थियौ, संघिय सरकारको बेलिब्रिज भएकाले सडक बिभागले निर्णय गर्न नसक्दा अलपत्र बेलिब्रिज अबस्थामा रहेको खड्काले वताए । बेलिब्रिज निर्माण देखि स्थापना गर्दा १० करोड भन्दा बढी खर्च हुने गरेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.