दार्चुला जादैँ गरेको जिप ठूलो दुर्घटनाबाट जोगियो

बैतडी : बैतडीमा जिप दुर्घटना भएको छ । धनगढीबाट दार्चुलाको गोकुलेश्वरतर्फ गइरहेको सु.प.प्र.०१००१ ज १३७९ नम्बरको जिप महाकाली राजमार्ग अन्तर्गत बैतडीको सुर्नया गाउँपालिका २ सिन्केलेकमा दुर्घटनामा परेको हो ।
सडकबाट जिपको एक टायरमात्रै लिक बाहिर गएकाले ठूलो दुर्घटना हुनबाट जोगिएको अस्थायी प्रहरी पोष्ट सतबाँझका प्रहरी सहायक निरीक्षक कृष्णदत्त जोशीले बताए । शनिबार बिहान ५ बजेतिर जिप दुर्घटनामा परेको हो ।
जिपमा चालकसहित चार जना सवार रहेका थिए । उनीहरु सबै सकुशल रहेका छन् । जिप चालक धनबहादुर बोहरा भने फरार रहेका प्रहरीले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.