उच्च सतर्कता अपनाउन खप्तड छेडेदह गाउँपालिकाको अपिल

अत्तरिया, २७ साउन : बाजुराको खप्तड छेडेदह गाउँपालिकाले केहि दिन मनसुन सक्रिय हुने हुँदा गाउँपालिकावासीमा उच्च सतर्कता अपनाउन अपिल गरेको छ । शुक्रबार एक सुचना जारी गर्दै गाउँपालिकाले यस्तो अपिल गरेको हो । मौसम पुर्वानुमान महाशाखाको बुलेटिनमा बाजुरा लगायतका जिल्लामा साउन २७ गते देखि २९ सम्म मनसुन सक्रिय हुने अनुमान गरिएको हुँदा सो अवधिमा गाउँपालिका वासीमा सतर्क रहनु अनुरोध गरिएको छ ।

गाउँपालिकाले जारी गरेको सुचनामा भनिएको छ । ‘मौसम पुर्वानुमान महाशाखाले साउन २७ गते देखि २९ गते सम्म मनसुन सक्रिय हुने अनुसार उक्त बर्षात तथा झरीका कारण, खोला नदीनाला र भिरालो भएको क्षेत्रमा भू–क्ष, बाढी र पहिरोको सम्भाना हुन्छ । सम्भावित विपद जोखिम क्षेत्रमा आवश्यक सतर्कता अपनाउन सम्पूर्ण पालिकावासीहरुमा अनुरोध गरिन्छ । साथै सम्भावित जोखिमप्रति सजग रहँदै केहि समस्या उत्पन्न भएमा नजिक वडा कार्यालय, प्रहरी चौकी रेडक्रस र पालिकामा सम्पर्क गर्न अनुरोध गरिन्छ ।’

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.