बाजुरा : बाजुराको त्रिवेणी नगरपालिकाले बाढीपहिरो पीडितलाई राहत सामग्री वितरण कार्य सुरु गरेको छ । यही साउनको पहिलो सातादेखि बाजुरामा लगातार परेको अविरल वर्षाका कारण प्रभावित भएका बस्तीमा नगरपालिकाले राहात सामग्री वितरण कार्य सुरु गरेको हो ।
बाढीपहिरोबाट प्रभावित भएको त्रिवेणी–६ को फल्नेतोलाका झण्डै १५ घरपरिवारलाई राहात वितरण गरेको त्रिवेणी नगरपालिकाले जनाएको छ । अविरल वर्षातले गाउँ माथिबाट गएको पहिरोले त्रिवेणी नगरपालिका–६ को फल्नेतोलाका १५ दलित परिवार विस्थापित भएका थिए । पहिरोले विस्थापित गराएका त्रिवेणी नगरपालिका–६ फल्नेताला १५ घरपरिवार गाउँ नजिकैको विद्यालयमा बसोबास गर्दै आएका छन् ।
सम्बन्धित पाेस्टहरु