समीक्षा अधिकारीले गाइन् ’शिर सजाउने फूल’

काठमाण्डौैँ : गायिका समीक्षा अधिकारीले चर्चित गीत ’शिर सजाउने फूल’ बोलको गीत गाएकी छन् । सगरमाथा डिजिटलले गायक शिव परियारको स्वरमा रहेको यस गीतलाई गायिका अधिकारीको स्वरमा सार्वजनिक गरेको हो ।
करिब १० वर्षअघि सगरमाथा डिजिटलले नै गायक परियारको स्वरमा यस गीतलाई बजारमा ल्याएको थियो । १० वर्षपछि गीतले बल्ल महिला आवाज पाएको हो । अनिल के मानन्धरको निर्देशनमा रहेको गीतको भिडिओमा गायिका अधिकारीलाई देख्न सकिन्छ । कर्ण चापागाईंको शब्द रचनामा रहेको गीतमा बसन्त सापकोटाले संगीत भरेका छन् ।

ए प्लस रेकर्डिङ स्टुडियोमा यस गीतको रेकर्ड सबिर केसीले गरेका हुन् भने सरोज केसीले गितार बजाएका छन् । बाँसुरीमा रत्न विके छन् भने तबला तथा ढोकल बुढाथोकीले बजाएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.