लागुऔषध सेवन गरेर मोटरसाइकल चलाउने पक्राउ

अत्तरिया : धनगढीबाट लागुऔषध सेवन गरेर मोटरसाइकल चलाउने पक्राउ परेका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय, कैलालीका अनुसार १९ वर्षीय अरुण चौधरी र मुकेश जोशी पक्राउ परेका हुन्।

उनीहरूलाई मङ्गलवार धनगढी उपमहानगरपालिका वडा नम्बर १ वडा प्रहरी कार्यालय नजिकबाट पक्राउ गरिएको हो। सुदूरपश्चिम प्रदेश ०१–००९ प १२८० नम्बरको मोटरसाइकलमा सवार उनीहरूको लागुऔषध सेवनको परीक्षण गरिएको थियो। उनीहरूले दुबै जनाको रिपोर्ट पोजेटिभ आएको थियो। उनीहरुलाई जिल्ला प्रहरी कार्यालय, कैलालीको थुना कक्षमा राखेर अनुसन्धान हुँदैछ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.