अत्तरिया, २४ कात्तिक : गोदावरी नगरपालिका अत्तरियाबाट जाजरकोटका भुकम्प पीडितका लागि संकलन गरिएका फेन्सी सामग्रीहरु पठाईएको छ ।
शुक्रबार गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टमार्फत अत्तरिया बजारबाट संकलन गरिएका फेन्सी सामग्रीहरु भुकम्प प्रभावित क्षेत्रमा पठाईएको हो । सामग्री संकलनका लागि भुपु सैनिक नवराज पाठक
लगायतको टोली खटिएको थियो । उक्त टोलीले संकलन गरेको ७ बोरा फेन्सी सामग्री नगरप्रमुख भट्टलाई हस्तान्तरण गरिएको जनाएको छ ।
नगरपालिकाको सहकार्यमा केही साथिहरु मिलेर बजारबाट फेन्सी सामग्री संकलन गरेको पाठकले बताए । बजारका व्यवसायीहरुले चाडपर्वका समयमा समेत जाजरकोटका भुकम्प प्रभावितहरुका लागि सामग्री सहयोग गरेको भन्दै उनले सबै व्यवसायीहरुलाई धन्यवाद दिए । पठाईएका सामग्रीहरुमामा जुत्ताचप्पल, बच्चाका ट्रयाकसुट, ज्याकेट, ब्लांकेट, धोती सारी लगायत छन । उनले अझै बजारबाट सामग्रीहरु संकलन भैरहेको र बझाङका भुकम्प पीडितहरुलाई प्रदान गरिने बताए । उनले नगरको सहयोगमा खाद्यान्न संकलनको पनि तयारी थालिएको बताए ।
हस्तारण गरिएका सामग्रीहरु बुझ्दै नगरप्रमुख भट्टले विषम परिस्थितिमा पनि मानविय नाताले थालिएको प्रयास सह्रानिय भएको बताए । उनले संवेदनशिल अवस्थामा भुकम्प पीडितहरुका समस्याहरु बुझेर सामग्री संकलन गर्ने अभिभारा लिनु चुनौतीपुर्ण कार्य भएको समेत बताए । उनले गोदावरी नगरपालिकाले पनि भुकम्प प्रभावितहरुका लागि नगद रकम सहयोग गरेको र अन्य पालिकाहरुबाट पनि संकलन भैरहेकाले संघमार्फत नै उक्त आर्थिक सहयोगहरु प्रशासनलाई जिम्मा दिईने बताए । उनले सरकारले लागु गरेको एकद्धार प्रणाली मार्फत नै आर्थिक कारोबारहरु गरिने बताए ।
सम्बन्धित पाेस्टहरु