सशस्त्र प्रहरीद्वारा गड्डाचौकीमा सीमा क्षेत्रको अनुगमन

कञ्चनपुर : सशस्त्र प्रहरी बलले गड्डाचौकीस्थित सीमा क्षेत्रको अनुगमन गरेको छ। महाकाली नदीले बगाएको सीमा स्तम्भको अनुगमन गरेर सशस्त्र प्रहरीले मुचुल्का तयार गरेको हो।

२०७० साल असार २ गते महाकाली नदीमा आएको बाढीले नेपाल–भारत सीमा क्षेत्रको रहेको ८०५ नम्बरको मुख्य पिल्लर बगाएको थियो। उक्त पिल्लरको अहिलेसम्म समेत स्थापना हुन सकेको छैन्।

लामो समयदेखि सीमा स्तम्भ नराखिएको भन्दै स्थानीय तेज रावत लगायतले प्रमुख जिल्ला अधिकारीमार्फत परराष्ट्रमन्त्री एनपी साउदलाई ज्ञापनपत्र बुझाएका थिए। ज्ञापनपत्र बुझाएको केही दिनपछि सशस्त्र प्रहरीले उक्त क्षेत्रको अनुगमन गर्दै प्रारम्भिक मुचुल्का तयार पारेको हो।

लामो समयदेखि मुख्य सीमा स्तम्भ नराखिदा सीमा मिचिने जोखिम निकै बढेको स्थानीयको भनाइ छ। सरकारले सोही सीमा नजिकैबाट राष्ट्रिय गौरबको आयोजना बनाउँदैछ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.