अनुदानमा विद्युतीय चुलो वितरण गर्दै धनगढी उपमहानगर

धनगढी : धनगढी उपमहानगरकालिकाले सहभागितामूलक विद्युतीय चुलो वितरण गर्ने भएको छ। आइतबार एक सूचना जारी गर्दै उपमहानगरले बसोबास गर्ने स्थानीयबासीलाई विद्युतीय चुलो वितरण गर्ने भएको हो। उपमहानगरकालिकाले नविकरणिय उर्जा प्रविधि जडान कार्यक्रमअन्तर्गत सहभागितामूलक विद्युतीय चुलो वितरण गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले जानकारी दिए।

उपमहानगरपालिकामा बसोबास गर्ने स्थानीयबासीहरूका लागि केही शर्तहरू पनि तोकिएको छ। विद्युतीय चुलोका लागि नगरबासीले यहीँ मंसिर १८ गतेसम्म आवेदनमा सक्नुपर्नेछ। वडा कार्यलय सिफारिससहित निवेदन दिनुपर्ने र उक्त कार्यक्रममा लागतको ३० प्रतिशत रकम स्वयंमले नगदै व्यहोर्नुपर्नेछ। तीन हजार एक सय पर्ने विद्युतीय चुलोलाई उपमहानगरकालिकाले एक हजार एक सयमा दिने नगरप्रमुख गोपाल हमालले जानकारी दिए।
उनले ग्यासमा लाग्नेभन्दा विद्युतीय चुलो प्रयोग गर्दा खर्च पनि काम लाग्ने बताए। उनले सबै नगरबासीलाई विद्युतीय चुलो प्रयोग आग्रह पनि गरे।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.