सुदूरपश्चिमका मुख्यमन्त्रीका पिताको ८४ औ जन्मोत्सवमा अक्षयकोष स्थापना

धनगढी,१२ मंसिर : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहका पिताको ८४ औं जन्मउत्सवको अवसरमा मोहन चन्द्र शान्ति अक्षयकोषको स्थापना गरिएको छ ।
मुख्यमन्त्री शाहका पिता नेपाल प्रहरीका पुर्ब प्रहरी वरिष्ठ उपरीक्षक मंगलबहादुर शाहको ८४ औं बसन्तको पुजा कार्यक्रममा मुख्यमन्त्री शाहले पिताको सतक आयु,सु(स्वास्थ्य एवम् दिर्घायुको कामना गर्नुका साथै आशिर्वाद ग्रहण गरेका थिए ।
उक्त ८४ औं बसन्तको पुजा समारोहमा मुख्यमन्त्रीका पिताले आफ्नो जन्मभुमि अछाम जिल्लाको रामारोशन गाउपालिका वार्ड नम्बर ५ नेटाकोटमा अवस्थित यशोदा उच्च माध्यमिक बिद्यालयको स्तरोन्नतिका लागि मोहन चन्द्र शान्ति अक्षयकोषको निर्माण गरि उक्त गाउपालिकाका अति जेहन्दार,दुखी र निम्न आय भएका विद्यार्थीलाई सहयोगका लागि उक्त कोष मार्फत सात लाख रुपैया नगद सहित पुजामा तुलादान गरेको सम्पुर्ण रकम र प्रयोग भएका बहुमुल्य सामानहरु समेत कोषमा हस्तान्तरण गरेका छन ।
उनले आवस्यकता अनुसार थप सहयोग गर्ने घोषणा समेत गरेका छन । कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री झपटबहादुर साउद, रामारोशन गाउँपालिका अध्यक्ष मानबहादुर साउद लगायतको उपस्थित रहेकोे थियोे ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.