बाजुरामा गर्भवती महिलामाथि जबरजस्ती, एक जना पक्राउ

धनगढी : बाजुरामा एक गर्भवती महिलामाथि जबरजस्ती करणीको आरोप लागेको छ। घटना यही पौष १३ गते हो। आरोपितलाई नियन्त्रणमा लिएर अदालतबाट म्याद समेत थप भइसकेको प्रहरीले जनाएको छ। जिल्लाको हिमाली गाउँपालिकाकी ३५ वर्षीया एक महिलामाथि जबरजस्ती करणी भएको विषय बाहिर आएपछि आरोपितलाई तुरुन्तै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी कविन्द्र बोहराले जानकारी गराए।

दलित समुदायकी ती महिलालाई करणी गरेको आरोपमा जंगसिंह बुढालाई पक्राउ गरिएको उनले बताएका हुन्। डीएसपी बोहराका अनुसार प्रहरीले पीडित महिलाका श्रीमान् रुपचन्द्र सुनार र देवर अम्मर सुनारलाई समेत पक्राउ गरेको छ। सुनार पक्षले जवरजस्ती करणीको मुद्दा प्रहरीमा दर्ता गरेको छ भने बुढा पक्षले कुटपिटको मुद्दा दर्ता गराएको छ।

दुई पक्षलाई थुनामा राखी अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। पीडित महिलाका आफन्तले भने मुद्दा लिएर गएका श्रीमान र देवरलाई डीएसपी बोहराले थुनेको आरोप लगाएका बेला डीएसपी बोहराले भने त्यो दिन आफु धनगढीको एउटा कार्यक्रममा भएकाले त्यो निराधार आरोप मात्र भएको दाबी गरे।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.