बालकुमारी घट्ना : चौरपाटी गाउँपालिकाले बीरेन्द्रको परिवारलाई डेढ लाख राहत दिने, बिहीबार शोक विदा

अत्तरिया : अछामको चौरपाटी गाउँपालिकाले ललितपुरको बालकुमारी घटनामा मारिएका बीरेन्द्र शाहको परिवारलाई डेढ लाख रुपैयाँ राहत दिने भएको छ ।

गत शुक्रवार बालकुमारीमा भएको आन्दोलनका क्रममा ज्यान गुमाएका चौरपाटी गाउँपालिका-१ का शाहको परिवारलाई राहत स्वरूप एक लाख ५० हजार रुपैयाँ दिने गाउँपालिकाले निर्णय गरेको हो । गाउँकार्यपालिकाको आज बुधबार बसेको आठौँ बैठकले शोक प्रस्ताव पारित गर्दै मृतकको परिवारलाई एक लाख ५० हजार प्रदान गर्ने निर्णय गरिएको अध्यक्ष भिमबहादुर साउँदले जानकारी दिए । मृतक विरेन्द्रको परिवारलाई यस अघि नै केन्द्रिय सरकारले १० लाख र प्रदेश सरकारले २ लाख राहत दिने निर्णय गरिसकेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.