निश्पक्ष छानविनका लागि गोदावरीको मेयरका स्वकीय सचिव दिपिन साउदलाई निलम्बनमा

अत्तरिया : कैललाीको गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टका स्वकीय सचिव दिपिनकुमार साउद निलम्बनमा परेका छन् । अत्तरियामा लागेको महोत्सवमा भएको नक्कली टिकट हिनामिनाको छानबवनको समय सम्मका लागि पदबाट निलम्बन गरिएको हो ।

अत्तरिया उद्योग वाणिज्य संघका सचिव समेत रहेका साउद महोत्सवको नक्कली टिकटको छानविनका लागि अहिले जिल्ला प्रहरी कार्यालयमा छानबिनमा रहेका छन । यस्तो अवस्थामा पदमा रही रहदा पार्ट्री तथा पालिकाको दबाबका कारण छानबिनमा समस्या नहोस र निश्पक्ष छानबिनका लागि प्रहरी प्रशासनलाई सहयोग गरेको नगरपालिका स्रोतले जनाएको छ
अत्तरिया उद्योग वाणिज्य संघका सचिव समेत रहेका टिकट व्यवस्थापनको जिम्मा पाएका दिलिप कुमार साउँद र दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका स्ववियु सभापति भुवन महरा छानबिनका लागि जिल्ला प्रहरी कार्यलय कैलाली जादै गरेका छन ।
पुष २६ गते देखि शुरु भएको महोत्सवमा नक्कली ठेली छपाएर टिकटमा प्रयोग गरि आर्तिक अनियमितता गरेको भन्दै संघले शुरुमा छानबिनको माग गर्दै जिल्ला प्रशासन कार्यालय कैलालीमा निवेदन दिएको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.