टीकापुरबाट लागुऔषधसहित एक जना पक्राउ

अत्तरिया : कैलालीको टीकापुरबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। जिल्लाको टीकापुर नगरपालिका–१ ब्लक नम्बर १२ बसपार्क जोड्ने सडकबाट २७ वर्षीय प्रविन साउँद पक्राउ परेका हुन्।

इलाका प्रहरी कार्यालय, टीकापुरले मङ्गलवार दिउँसो टीकापुर नगरपालिका–८ का साउँदलाई ५६० मिलिग्राम लागुऔषधसहित पक्राउ गरेको हो। उनले पाइन्टको खल्तीमा लागुऔषध राखेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो। उनीसँग २ पोका लागुऔषध रहेको सूचनाका आधारमा पक्राउ गरिएको हो। जिल्ला अदालत कैलालीबाट म्याद थप गरेर मुद्‍दा दर्ता गरिएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.