कृष्णालाई उत्कृष्ट भाषाभाषी गायिकाको रारा म्युजिक अवार्ड

अत्तरिया : उत्कृष्ट भाषाभाषी गायिकातर्फको रारा राष्ट्रिय म्युजिक अवार्ड २०८० गायिक कृष्णा सिराडीले पाएकी छन्। बुधबार राष्ट्रिय सभागृहमा आयोजित विशेष समारोहबीच उनले अवार्ड ग्रहण गरेकी हुन्। लोकदोहोरी र लोकदेउडा गीतका माध्यमबाट चर्चा बटुलिरहेकी सिराडी पछिल्लो पुस्ताकी चर्चित गायिका हुन्।

जादूमयी स्वरकी धनी सिराडीले सयौं गीतमा आवाज भरिसकेकी छन्। उनले राष्ट्रिय स्तरको म्युजिक अवार्ड पाउँदा निकै खुसी लागेको बताएकी छन्। अवार्डले यस क्षेत्रमा लागिराख्न थप प्रेरित गरेको उनको भनाइ छ। सिराडी डेउडा प्रतिष्ठानकी केन्द्रीय सदस्य पनि हुन्। सिराडी अत्तरिया स्थित अलिशा म्युजिक रेकर्डिङ स्टुडियोकी सहसञ्चालिका हुन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.