गोदावरी-१२ को चौकी डाँडा-फल्टुडे सडक खण्डको बाटो मर्मत गरिदैँ

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका वडा न. १२ को चौकी डाँडा-फल्टुडे सडक खण्ड अन्तरगत हलौडे देखि सेलपाटे मन्दिर क्षेत्रमा पर्ने सडकको मर्मत तथा सरसफाई कार्य सुरु गरिएको छ । बर्षातको समयमा खोला नाला सँगै खहरे खोलाको पानीले बर्षाको भलबाट सडक खण्डमा पुर्याएको क्षतिलाई मर्मत तथा सरसफाईका लागि गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टको निर्देशन पश्चात यस क्षेत्रको सडक मर्मत कार्य सुरु भएको हो ।

सडक मर्मत अन्तरगत वड्डी मछेली त्रिबेणी धाम, सिद्दा बाबा सेलपाटे मन्दिरको क्षेत्रमा मर्मत तथा सरसफाई कार्य सुरु भएको छ । यस सेलपाटे मन्दिरा मन्दिर दर्शन सँगै भाकल गरे गरेको खण्डामा मनोकामना पुरा हुने धार्मिक विश्वास रहेको छ । वडा न. १२ का वडा अध्यक्ष भिमबहादुर खड्का बिशेष पहलबाट यस सुगम पालिकाको दुर्गम क्षेत्रको विकासका लागि सदैब लागि रहेको देखिन्छ । उहाँ खानेपानी , शिक्षा र सडकका लागि गाउँ बस्तीको बिकासला अहोरात्र खटिएका छन । यस क्षेत्रको बिकासका लागि नगर प्रमुख बिरेन्द्र भट्टले गरेको प्रयास र प्रथमिकता दिएकोले धन्यवाद ज्ञापन समेत गरेका छन । साथै स्थानीय रुपमा दिपक कुमार खत्री समेत यस क्षेत्रको विकासका लागि लागि परेका छन ।

यो राजमार्ग सुदूरपश्चिम प्रदेशको ७ जिल्ला जोड्नको लागि बैलक्पिक राजमार्गको रुपमा अगाढी बढेको छ र सुदूरका पहाड तराई जोड्नका लागि छोटो र विकासका लागि आवश्यक पनि देखिन्छ । प्रत्येक वर्ष बाढी पहिराले सडकमा क्षति पुर्याउने भएकाले सडक मर्मत र सरसफाइलाई यहाँका स्थानीय तहले सधैँ प्राथमिकता राख्ने गरेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.