अत्तरिया : कैलारी गाउँपालिकाले आर्थिक बर्ष २०८०\०८१ को गाउँसभा अधिवेशन हिउँदे÷विद्येयक अधिवेशनबाट विहीबार आठ वटा विद्येयक पास गरेको छ । गाउँपालिका अध्यक्ष राजसमझ चौधरीको अध्यक्षतामा भएको विद्येयक अधिवेशनबाट आठ वठा विद्येयक पास गरेको हो ।
गाउँसभाको हिउँदे अधिवेशनको अन्तिम बैठकबाट कैलारी गाउँपालिकाको वन जंगल तथा वातावरण संरक्षण ऐन,२०८०, कैलारी गाउँपालिकाको भलमन्सा प्रणाली संरक्षण तथा विकास ऐन, २०७८ (पहिलो संसोधन,२०८०), कैलारी गाउँपालिकामा रहेका तालतलैया संरक्षण तथा प्रवद्र्धन कार्यबिधि,२०८०, कैलारी गाउँपालिकाको बालश्रम नियमन उद्धार तथा व्यवस्थापन कार्यबिधि,२०८० पास गरेको छ ।
त्यसैगरी सभाबाट कैलारी गाउँपालिकाको एकीकृत बालविकास कार्यक्रम संचालन कार्यबिधि,२०८०, कैलारी गाउँपालिकाको विपद जोखीम न्यूनीकरण तथा व्यवस्थापन ऐन,२०८०, कैलारी गाउँपालिकाको एम्बुलेन्स सेवा सञ्चालन निर्देशिका, २०८०, कैलारी सिकल सेल रोग\थाईलेसिया\एप्लाष्टिक एनिमिया न्यूनीकरण कार्यबिधि,२०७६ (पहिलो संशोधन,२०८०) गरिएको छ ।
सभामा गाउँपालिका उपाध्यक्ष भगवतीकुमारी चौधरी अधिवेशनमा समसमायिक विषयबस्तुमा सम्बोधन गर्नु भएको थियो । उनले विद्येयकलाई कार्यान्वयन गर्न सके उपलब्धी देखिने बताए । हिउँद अधिवेशनमा सभा सदस्यहरु, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीदत्त भट्ट, विभिन्न शाखाका प्रमुखहरुको उपस्थिति रहेको थियो ।