५७ लाख बढीको अवैध सामान बरामद

धनगढी : धनगढी उपमहानगरपालिका वडा नम्बर ४, उत्तरबेहडीमा एक व्यापारीको गोदामबाट सशस्त्र प्रहरी बलले लाखौ रुपैयाँ मूल्यको भन्सार छलेर भित्राइएको व्यापारिक समान बरामद गरेको छ ।
शुक्रबार बिहान करिब १० बजेतिर सशस्त्र प्रहरी बल ३४ नम्बर गण अन्तर्गत त्रिनगर विओपीको एक टोलीले गौर निताई ट्रेडर्स एण्ड सप्लायर्सको गोदाममा छापा मार्दा करिब ५७ लाख रुपैयाँ बढीको सामान बरामद भएको जनाइएको छ ।
धनगढीमा भन्सार छलेर ठूलो परिमाणमा व्यापारिक सामान भित्रिएको सूचनाका आधारमा सशस्त्र प्रहरी बल त्रिनगर विओपीका इन्चार्ज सशस्त्र प्रहरी नायव उपरीक्षकको नेतृत्वमा परिचालन भएको टोलीले गोदाममा छापा मारेको थियो ।
सशस्त्र प्रहरी बलको टोली घटनास्थलमा पुगेको एक समयपछि कैलाली भन्सार कार्यालय र आन्तरिक राजश्व कार्यालयको टोली पनि आइपुगेको थियो । बरामद सामानको मूल्य ५७ लाख रुपैयाँ बढी रहेको कैलाली भन्सार कार्यालयले जानकारी दिएको छ । सो गोदाममा २३ बोरामा लत्ताकपडा बरामद भएको थियो । सो व्यापारिक गोदाममा हरेक राती ३÷४ बजेसम्म सवारी साधनमा मालसामान भित्रिने र बाहिरिने गरेको स्थानीयले बताए ।
्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.