कलामा आधारित प्रशिक्षण कार्यक्रम चिसापानीमा सम्पन्न

धनगढी,९ बैशाख : कलामा आधारित संवाद शिक्षण विधि विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । सामाजिक परिवर्तन केन्द्र काठमाडौको आयोजनामा कैलालीको चिसापानीमा उक्त कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा कैलारी गाउँपालिकाका ६ विद्यालय र गौरीगङा नगरपालिकाका ६ विद्यालयका गरि २४ जना शिक्षकको सहभागीता रहेको थियो । दुई दिन सम्म आवासिय रुपमा संचालन भएको उक्त तालिमको पहिलो दिन नस्कार शाहले सहजीकरण गरेका थिए भने दोस्रो दिन कलामा आधारित संवादको सहजीकरण संस्थाका अध्यक्ष पवन रायले गरेका थिए । तालिमको उदेश्य बारेमा कार्यक्रम संयोजक कल्पना रानामगरले बताएकी थिईन ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.