विभिन्न ठाउँबाट एक लाख बढीको तस्करीको सामान जफत

धनगढी : कैलालीका विभिन्न ठाउँबाट प्रहरीले एक लाख बढीको भन्सार छलिको सामान बरामद गरेको छ। जिल्लाको धनगढी उपमहानगथरपालिका–२ ट्राफिक चौराह,धनगढी–८ धनगढीगाउँ, टीकापुर नगरपालिका–८ बालुवाटार, भजनी नगरपालिका–८ जनकपुरबाट र कैलारी गाउँपालिका–३ खोनपुरघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि ल्याएको तस्करीको सामान बरामद गरेको छ।

अन्दाजी एक लाख १२ हजार ८० रुपैँया बराबरको प्याज, चिनी, नरिवल, चक्लेट, चप्पल, पंखा, प्लाष्टिक झिल्ली, सिद्रा माछा लगायतका सामान शुक्रवार बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.