धनगढीमा बाजुरेली समाजको कार्यालय उद्घाटन

अत्तरिया, १९ बैशाख : धनगढीमा बाजुरेली समाजको कार्यालय उद्घाटन गरिएको छ । समाज स्थापना भएको लामो समय भए पनि कार्यालय नहुँदा काम गर्न असहज भएको थियो । बुधबार कार्यालयको समाजसेवी चक्रबहादुर थापाले एक कार्यक्रमका बीच उद्घाटन गरे । धनगढीको शिवनगरमा रहेको कार्यालयका लागि समाजेसेवी थापाले जग्गा दान गरेका हुन् ।
कार्यक्रममा जग्गादान दाता थापाले बाजुरेली समाजको आफ्नै भवन निर्माण भएकोमा प्रसंसा व्यक्त गरे । समाज बनाउनमा सबैको योग्दान रहेको उनले उल्लेख गरे । यसले गर्दा बाजुराको संस्कृति जोगाउने काम मात्र नभएर भोलिका दिनहरुमा केही परिवर्तन काम हुने विश्वास उनले व्यक्त गरे । कार्यक्रममा बाजुरेली समाजका अध्यक्ष बजिरसिंह धामीले समाजका लागि पाईलो टेक्ने भवन बनाईरहँदा सबैका लागि गौरवको विषय भएको बताए ।
‘सामाजिक एकता, संस्कृति संरक्षण र पहिचान प्रबद्र्वनमा हाम्रो अभियान’ भन्ने भन्ने मुल उधेश्यले बाजुरेली समाजको कार्यलय भवनको समुद्घाटन गरिएको हो । कार्यक्रममा २०८१ सालको शुभकामना आदान प्रदान एवम् भित्तेपात्रो विमोचन समेत गरिएको छ ।
कार्यक्रममा बाजुराका बुढीगंगा नगरपालिका पुर्व मेयर दिपक शाहले छोटो समयमा धेरै उपलब्धि मुलक काम भएकोमा प्रसंसा गरे ।
भवन निर्माणमा दुई लाख २८ हजार १ सय ९४ रुपैयाँ खर्च भएको जनाएको छ । समाजले विभिन्न व्यक्तिहरुबाट चन्दा संकलन र देउसी, भुवा पर्व खेलेर उक्त रकम उठाएको हो । समाजका अध्यक्ष बजिर सिहँ धामीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा समाजसेवी धर्मबहादुर सिहँ समाजका पर्व अध्यक्ष कुलबहादुर हमाल, प्रमुख सल्लाहकार हिक्मत बहादुर शाह लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.