बझाङ : खप्तड घुम्न गएका बेला लेक लागेर घाइते भएका धनगढीका एक जनाको उद्धार गरिएको छ । लेक लागेर विरामी भएका धनगढी उपमहानगर पालिकाका ५४ वर्षीय ओम प्रकाश पनेरुको नेपाली सेनाले उद्धार गरेको हो ।
आफन्त सँग घुम्न आएका पनेरु विरामी भएपछि खप्तड स्थित नेपाली सेनाको समरजित गुल्मलाई खबर गरिएको थियो । पनेरुको खप्तडमा प्राथमिक उपचार पछि नेपाली सेनाको टोलीले पाँच घण्टाको पैदल दुरीमा डोकोमा बोकेर खप्तडछान्ना गाउँपालिकाको दारुगाउँ सम्म पु¥याएको हो ।
‘दारु गाउँबाट थप उपचारको लागि गाडीमा चैनपुर पठाइएको छु, समरजित गुल्मका गुल्मपति दिपेश खड्काले जानकारी दिए ।
सम्बन्धित पाेस्टहरु