अत्तरिया : कैलालीको धनगढीमा स्कूटरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाईते भएका छन्। जिल्लाका धनगढी उपमहानगरपालिका वडा नम्बर ४ सहिदगेटमा स्कूटरले मोटरसाइकललाई पछाडीबाट ठक्कर दिएको हो।
आज बिहान धनगढी वडा नम्बर ४ की मन्जु भट्टले चलाएको सु.प.प्र. ०१००८ प ७४०४ नम्बरको स्कूटरले धनगढी ४ कै कुबेर कुँवरले चलाएको से ३ प ८९७७ नम्बरको मोटरसाइकललाई पछाडीबाट ठक्कर दिँदा दुर्घटना भएको हो।
दुर्घटना हुँदा मोटरसाइकल र स्कूटरका दुबै चालक घाईते भएका छन्। घाईते मोटरसाइकल चालक कुँवरको नवजिवन अस्पताल र स्कूटर चालक भट्टको मायामेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ।
सम्बन्धित पाेस्टहरु