अत्तरिया : कञ्चनपुरको महाकाली नदीमा ट्र्याक्टरसहित थनिएका मजदुर फर्किएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक डिएसपी उमेश जोशीले पानीको बहाव घटेपछि मजदुरहरु फर्किएको बताए ।
‘नदीको बहाव बढेपछि नदीजन्य पदार्थ संकलन लागि गएका १४ ट्र्याक्टरसहित करिब २८–३० जना मजदुर थुनिएका थिए , डिएसपी जोशीले भने– अहिले सबै फर्कि सक्नुभयो ।’
बुधबार साँझ महाकाली नदीमा पानीको बहाव बढेपछि बालुवा, गिट्टी र ढुङ्गा लिन महाकाली टापु पुगेकाहरु फसेका थिए । त्यहाँ पनि उनीहरु सुरक्षित छन् भन्ने खबर प्राप्त भएको उनले बताए । फसेकाहरु राती उतै बसेपनि बिहान पानीको बहाव कम भएसंगै फकिएको प्रहरी नायब उपरीक्षक जोशीले बताए ।