पत्रकार उपाध्यायलाई ‘आइकन अफ सुदूरपश्चिम’ अवार्ड प्रदान

अत्तरिया : नेपाल युवा परिषदले पत्रकार दीपक उपाध्यायलाई ‘आईकन अफ सुदूरपश्चिम’ अवार्ड प्रदान गरेको छ । ‘उद्यमी युवा समृद्ध देश ः दिगो विकास लक्ष्यमा समान परिवेश’ भन्ने मुल नाराका साथ नेपाल युवा परिषदद्धारा धनगढीमा आयोजित तेश्रो प्रदेश युवा सम्मेलनमा नेपाली हेडलाइनका सह–सम्पादक उपाध्यायलाई सामाजिक अभियन्ता तर्फको ‘आईकन अफ सुदूरपश्चिम’ अवार्ड प्रदान गरिएको हो ।
प्रदेश युवा सम्मेलनका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीम बहादुर भण्डारीले सह–सम्पादक उपाध्यायलाई दोसल्ला सहित सम्मान पत्र प्रदान गरे । १०५ औं पटक रक्तदान गरी सयौंको जीवन बचाउन र युवाहरुलाई रक्तदान गर्ने कार्यमा प्रोत्साहन गर्नुका साथै सामाजिक क्षेत्रको विकासमा पु¥याएको योगदानको उच्च प्रशंसा गर्दै नेपाल युवा परिषदद्वारा तपाईलाई ‘आईकन अफ सुदूरपश्चिम’ अवार्डबाट सम्मान गर्न पाउदा हामी गौरवान्वित भएका छौ । सम्मान पत्रमा अगाडि भनिएको छ, आगामि दिनमा सुदूरपश्चिम प्रदेशलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन तपाईको पहलकदमी रहोस । साथै तपाई लाखौं युवाहरुको प्रेरणाको स्रोत बन्नुहुनेछ ।
बिहीवार शुरु भएको प्रदेश युवा सम्मेलन तीन दिनसम्म सञ्चालन हुनेछ । सम्मेलनको दोस्रो दिन बिभिन्न बिधामा योगदान पु¥याउने व्यक्तिहरुलाई आईकन अफ सुदूरपश्चिम अवार्डबाट सम्मान गरिएको हो ।
सम्मेलनमा पत्रकारिताका माध्यमबाट सुदूरपश्चिमको पर्यटन क्षेत्रको विकासमा योगदान पु¥याएको भन्दै पश्चिम टुडेका सम्पादक दिर्घराज उपाध्याय, उद्योगी तर्फ आदित्य अग्रवाल, शिक्षा क्षेत्र तर्फ अनिता पन्त, समाजसेवा तर्फ कल्पना भट्ट, संगीत तर्फ रेखा जोशी, सूचना प्रबिधि तर्फ दिपेन्द्र जोशी, रैथाने एबम जैबिक खेती तर्फ अभिमन्यु चौधरी, वन्यजन्तु संरक्षण एबम अनुसन्धानकर्ता तर्फ धिरेन्द्र बहादुर चन्द र महिला उद्यमी तर्फ सरिता बुढामगरलाई आईकन अफ सुदूरपश्चिम अवार्डबाट सम्मान गरिएको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.