सुरक्षित वैदेशिक रोजगार सम्बन्धि पत्रकारहरुसंग अन्तरक्रिया

अत्तरिया, २७ बैशाख : देशमा पर्याप्त रोजगार नहुँदा अप्पकालिन रोजगारका लागि युवाहरु विदेशीने गरेको एक कार्यक्रमका सहभागिले बताएका छन् ।
धनगढी उपमहानगरपालिका अन्तर्र्गत रोजगार सेवा केन्द्रको सुरक्षित आप्र्रवासन (सामी) कार्यक्रमको आयोजनामा शुक्रबार भएको वैदेशिक रोजगारी सम्बन्धी पत्रकारसँग अन्तरक्रिया कार्यक्रममा अल्पकालीन रोजगारको विकल्पका रुपमा वैदेशिक रोजगार रोजेको बताए ।
श्रम स्वीकृति नलिईकन वैदेशिक रोजगार जानेको संख्या पनि रहेको जनाएको छ । कार्यक्रममा सामी कार्यक्रमका कार्यक्रम अधिकृत लक्ष्मी चौधरीले वैदेशिक रोजगार विभागको अभिलेखीकरण भएको वैदेशिक रोजगारीको अवस्थाबारे जानकारी दिइन ।
वैदेशिक रोजगार सुरक्षित, मर्यादित एवं शोषणरहित बनाउन नेपाल सरकार र स्वीस सरकारबीच द्विपक्षीय सम्झौता भएको छ । साथै प्रदेश सरकारको समन्व, सहकार्य, स्थानीय सरकारको नेतृत्वले कार्यान्वय तथा हेल्भेटास नेपालके प्राविधिक सहयोग रहेको छ । सामी कार्यक्रम वैदेशिक रोजगारीमा जान सम्भावित कामदार, वैदेशिक रोजगारमा रहेका कामदार, वैदेशिक रोजगारमा रहेका कामदार परिवारहरुमा सूचनाको पहुँच, न्यायमा पहुँच (कानूनी सहजीकरण), सीपविकास तालिम, मनोसामाविक परामर्श, वित्तीय सारक्षता कार्यक्रम गर्ने गरेको कार्यक्रम अधिकृत चौधरी बताईन । उनका अनुसार श्रम स्वीकृतिके आधारमा सीप तथा दक्ष जनशक्ति वैदेशिक रोजगारमा जानु आवश्यक छ । आर्थिक वर्ष २०७०÷८० मा दक्ष जनशक्ति ६५.६९ प्रतिशत, अर्धदक्ष ७.८५ प्रतिशत, अदक्ष जनशक्ति २६.२६ प्रतिशत वैदेशिक रोजगारमा गएका छन् । यस्तै आर्थिक वर्ष २०७८÷०७९ मा दक्ष जनशक्ति ४६.३२ प्रतिशत, अर्धदक्ष .६२ प्रतिशत र अदक्ष जनशक्ति ४४.९२ प्रतिशत वैदेशिक रोजगारमा गएका छन् । यस्तै, आर्थिक वर्ष २०७७÷०७ मा दक्ष जनशक्ति ४२.२४ प्रतिशत, अर्धदक्ष ९.३४ प्रतिशत र अदक्ष जनशक्ति ४८.२२ प्रतिशत वैदेशिक रोजगारमा रहेको छन ।
उनक अनुसार वैदेशिक रोजगार बोर्ड तममा विषयमा निःशुल्क एक महिने आवासीय तथा गैरआवासीय तालिम उपलब्ध गराइ रहेको छ । बोर्ड इलेक्ट्रिसियन, प्लम्बिंग, मेसन, शटरिंग कार्पेन्टर, स्काफोल्डर, स्टिल फिक्सर, वेल्डींग, आलुमिनियम फेब्रिकेटर, हाउस पेन्टर, सेक्युरिटि गार्ड, कुक, वेटर, हाउसकिपिंग ब्यूटिसियन, फ्रन्ट अफिस गार्मेन्ट मेशिनअपरेटर केयर गिभर, फर्निचर मेकर, टायल मार्वल कटिङ÷फिटिङलगायतके तालिम गरेको छ ।
यस्तै कार्यक्रममा सामी कार्यक्रम धनगढी उपमहानगरपालिकाका फोकल पर्शन टंकबहादुर विष्टले वैदेशिक रोजगारसम्बन्धी संवैधानिक, नीतिगत व्यवस्थाबारे जानकारी गराए ।
कार्यक्रममा धनगढी उपमहानगरपालिकाकका उपप्रमुख कन्दकला रानाको अध्यक्षतामा भएको हो । कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य भरत शाह, जिल्ला अध्यक्ष हिमालय जोशी, पूर्व जिल्ला अध्यक्ष जगत साउँद लगायत आफ्नो धारणा व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन सामीका कार्यक्रम संयोजक विष्णु चौधरी गरेका हुन । सामी कार्यक्रम कैलालीको धनगढी उपमहानगरपालिका, टीकापुर नगरपालिका, घोडाघोडी नगरपालिका र जानकी गाउँपालिकामा लागू भएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.