रेडक्रस अत्तरिया उपशाखाको सभापतिमा खड्क सर्वसम्मत

अत्तरिया : नेपाल रेडक्रस अत्तरिया उप शाखाको सभापतिमा भरत खड्का चयन भएका छन् । आज (शनिबार) अत्तरियामा सम्पन्न उप  शाखाको १५ औँ साधारण सभाले खड्काको अध्यक्षमा ११ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको हो । समितिको सचिवमा कमल कडायत, कोषाध्यक्षमा राजेश पाठक, उप–सचिवमा धर्मराज भट्ट, उपकोषाध्यक्षमा हर्क विक र महिला उपसभापतिमा मञ्जु साउँद बोहरा चयन भएको निर्वाचन अधिकृत खेमराज जोशीले जानकारी दिए ।
यस्तै समितिको सदस्यहरुमा विष्णु भण्डारी, लोकराज ओझा, मदनराज शर्मा, कर्ण बोगटी र महिला सदस्यमा शारदा केसी चयन भएका छन् ।
रेडक्रम सभापति डा. नरबहादुर मौनीको अध्यक्षतामा भएको चुनावी साधारण सभाको प्रमुख अतिथिमा गोदावरी गनरपालिका वडा नम्बर २ का वडा सदस्य डवलबहादुर साउँद रहेका थिए ।  अत्तरिया शाखामा हाल २५० जना आजिवन सदस्य रहेका छन् । २०६५ सालमा स्थापना भएको उपशाखा अत्तरियाको आफ्नो सुविधा सम्पन्न भवन रहेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.