वैवाहिक बलात्कार मुद्दामा गायक रवि ओड थुनामा

अत्तरिया : वैवाहिक बलात्कार सम्बन्धि मुद्दा लागेका गायक रवि ओडले प्रहरीमा आत्मा सर्मपण गरेका छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिका स्थायी घर भएका ओडले बिहीबार इलाका प्रहरी कार्यालय झलारीमा आत्मा समर्पण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेश जोशीले जानकारी दिए ।
उनका अनुसार रवि आफै प्रहरी कार्यालयमा उपस्थित भएपछि जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

नेपाल आइडल सिजन २ का विजेता ओडविरूद्व वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले गत २० चैतमा उजुरी दिएकी थिइन् । प्रहरीले सोही दिन जिल्ला अदालतबाट ओडका नाममा पक्राउ पुर्जी लिएको थियो । तर ओड सांगीतिक कार्यक्रममा देश बाहिर रहेका कारण पक्राउ परेका थिएनन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.