अत्तरिया : यौन तथा प्रजनन् स्वास्थ्यमा सरोकारवाला निकायले प्रतिबद्धता गरेका छन् । यार्ड नेपालले आईतबार धनगढीमा गरेको संवाद कार्यक्रममा यस्तो प्रतिबद्धता गरेका हुन् । कार्यक्रममा सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखाको वरिष्ठ अधिकृत शिवराज सुनारले प्रदेश सरकार किशोरकिशोरीका पक्षमा संवेदनशिल ढंगले अगाडि बढेको बताए । उलने त्यसका लागि स्थानीय सरकारसंग समन्वय गरीरहेको उनको भनाई रहेको छ । प्रदेश सरकारले थुप्रै नीति नियम बनेको बताए ।
वरिष्ठ जनस्वास्थ्य अधिकृत सुनारले यौन तथा प्रजनन् स्थास्थ्य अधिकार सम्बन्धी विषयवस्तु विद्यालयस्तरको पाठ्यक्रममा राखिनुपर्ने बताए । स्वास्थ्यलाई वैकल्पिक विषयभन्दा पनि अनिवार्य विषयको रुपमा समेटिनु पर्ने बताए ।
त्यस्तै कार्यक्रममा दुर्गा लक्ष्मी मावि अत्तरियाका प्राचार्य शिवराज जोशीले विद्यालयका तर्फबाट किशोरी शिक्षा मार्फत सचेतनाका कार्यक्रम गर्ने प्रतिबद्धता गरे । उनले यस प्रकारका कार्यक्रममाले गर्दा शिक्षक तथा विद्यार्थीहरुले यौनका खुलेर बोल्ने वातावरण भएको बताए उनले यार्डले क्लब गठन गर्ने लगायतका काम विद्यालयमा गर्दा यौनिकताका बारेमा विद्यार्थीहरु निर्धक्क भएर बोल्नसक्ने भएको बताए । त्यस्तै संवादमा आफ्नो भनाई राख्दै पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशीले यौन तथा प्रजनन् स्थास्थ्य अधिकार सम्बन्धी मिडियाहरुले पनि सहकार्य गरिरहेको बताए । सुदूरपश्चिममा बिट पत्रकारीता नभएको हुँदा प्राथमिकताका साथ विषय उजागर भने हुन नसकेको उनको भनाई थियो ।
सञ्चारमाध्यमले यौन तथा प्रजनन् स्थास्थ्य अधिकार सम्बन्धी सचेतनामुलक लेख, रचना तथा समाचार बनाउनुपर्ने भन्दै उनले सरकारी निकायले यस सम्बन्धी बनाएका नीति नियम, विनियोजित बजेट कार्यान्वयन भए नभएको विषय पनि उठान गर्नुपर्ने बताए । त्यस्तै विणा मावि कृष्णपुरका शिक्षक खडकबहादुर साउँदले यौन तथा प्रजनन् स्थास्थ्य अधिकार सम्बन्धी काम गर्ने क्रममा यार्ड संस्थाले जिज्ञासा बक्स राखेको हुँदा उक्त बक्समा पनि विद्यार्थीले जिज्ञासा हाल्ने गरेको बताए ।
जिज्ञासा हेरेपछी सोहि अनुसार प्रष्ट पार्ने गरेको उनले बताए । त्यस्तै ज्ञानज्योती बोर्डिङ स्कुलका सञ्चालक जगवीर थापाले निजी विद्यालयमा उत्त कार्यक्रम लागु गर्न यार्डलाई आग्रह गरे । संस्थाका कार्यसमिति सदस्य सुस्मिता सेनको अध्यक्षतामा सम्पन्न भएको यौन तथा प्रजनन् स्थास्थ्य अधिकार सम्बन्धी बहुसरोकावाला निकायहरु संग संवादको सञ्चालन प्रोग्राम अफिसर आरती लुहारले गरेकी थिईन् भने संस्थाका प्रमुख महेन्द्र शाहीले पनि प्रस्तुती राखेका थिए । संवादमा शिक्षा विकास तथा समन्वय इकाइ डोटीका इकाइ प्रमुख भिमप्रसाद पनेरुले आफ्नो प्रस्तुती राखेका थिए ।
यार्ड नेपालले कैलालीको धनगढी उप महनगरपालिका, गोदावरी नगरपालिका तथा कञ्चनपुरको कृष्णपुर नगरपालिकालाई कार्यक्षेत्र बनाएर यौन तथा प्रजननका विषयमा विभिन्न कार्यक्रम गर्दै आईरहेको छ ।

‘सरकारले स्यानिटरी प्याडमा विभेद् गरेको छ’
सरकारले सामुदायिक विद्यालयमा अध्यनरत छात्राहरुलाई प्रदान गर्दै आईरहेको स्यानिटरी प्याडमा विभेद भएकोे गुनासो गरिएको छ ।
यार्ड नेपालले धनगढीमा आयोजना गरेको यौन तथा प्रजनन् स्थास्थ्य अधिकार सम्बन्धी संवादमा निजी विद्यालय सञ्चालकले यस्तो गुनासो गरेका हुन् ।
कैलालीको गोदावरी नगरपालिका अत्तरियामा रहेको ज्ञानज्योती बोर्डिङ स्कुलका सञ्चालक जगवीर थापाले स्यानिटरी प्याडमा सरकारले विभेद सिर्जना गरेको बताए । सरकारले प्रदान गर्ने सेवामा आम नागरिकको समान अधिकार हुने भन्दै सरकारले निजी विद्यालयहरुलाई सौतेलो व्यवहार गर्दै आईरहेको उनले गुनासो गरे ।
‘सरकारले सामुदायिक विद्यालयका छात्राहरुलाई स्यानिटरी प्याड वितरण गर्दै आईरहेको छ,त्यो प्याड के निजी विद्यालयका छात्राहरुले प्रयोग गर्न मिल्दैन ?सरकारले नै यस्तो विभेद गर्ने’ उनले प्रश्न गर्दै भने । ‘छात्राहरुको ठुलो संख्या निजी विद्यालयमा पनि छ भन्ने सरकार किन बिर्सीयो ? त्यो आम नागरिकको पैसा हो लक्षीत समूह सबैले सुबिधा पाउनुपर्छ ।’
यती मात्रै नभई शिक्षाका थुप्रै विषयमा सरकारले निजी विद्यालयमाथी विभेद गरेको बताँउदै उनले यौन तथा प्रजनन् स्थास्थ्य सम्बन्धी कार्यक्रममा निजी विद्यालयलाई पनि समेट्न यार्डलाई पनि आग्रह गरे ।