डडेल्धुरा : डडेल्धुरामा नुहाउने क्रममा पानीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ। जिल्लाको गन्यापधुरा गाउँपालिका-२ कुँवर गाँउको सिमताल खोलामा सोही ठाउँ बस्ने इन्द्रबहादुर मल्लको छोरी १४ वर्षीया दिपा मल्ल र नारद सार्कीको छोरी १७ वर्षीया लक्ष्मी सार्कीको आइतवार नुहाउने क्रममा पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।