अत्तरिया : कैलालीको धनगढीका दुई युवक खैरो हेरोईनसहित पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका-१० चकमेलीघाट नजिकबाट सोही ठाउँ बस्ने २२ वर्षीय बिषेश नाथ योगी र २७ वर्षीय राजेन्द्र भाट २४० मिलिग्राम खैरो हेरोईन (लागूऔषध) सहित पक्राउ परेका हुन्। आइतवार राति लागूऔषधसहित दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।