धनगढीबाट मोटरसाइकल चोर्ने रबि र रोहित पक्राउ

अत्तरिया : मोटरसाइकल चोरी गर्ने दुई युवक कैलालीको धनगढीमा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयबाट खटिएको अपराध अनुसन्धान समूहको टोलीले धनगढी उपमहानगरपालिका–१४ को बी गाउँबाट सुदूरपश्चिम प्रदेश ०१००१० प १९३५ नम्बरको चोरीको मोटरसाइकलसहित दुई युवकलाई पक्राउ गरेको हो। भजनी नगरपालिका–२ का २२ वर्षीय रवि चौधरी र २० वर्षीय रोहित चौधरी पक्राउ परेका छन्।

दुबै युवकले प्रयोग गर्दै आएको सुदूरपश्चिम प्रदेश ०१००९ प ९९३३ नम्बरको मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ। दुवै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.