कैलालीको लम्कीमा भारतीय एम्बुलेन्स दुर्घटना, एक जनाको मृत्यु

अत्तरिया : कैलालीको लम्कीमा एम्बुलेन्स दुर्घटना भएको छ । आज बिहान ७ बजेको समयमा लम्कीचुहा नगरपालिका ३ बलचौर मा युके ०४ पीए १९०५ भारतीय नम्बर प्लेटको एम्बुलेन्स दुर्घटना भएको हो ।

एम्बुलेन्स भारतको हल्द्वानीबाट बर्दिया ९ राजापुरकी १८ वर्षीय अन्जली परियारलाई बोकेर आएको थियो । अस्पतालले बचाउन नसकिने बताएपछी परिवारले अन्जलीलाई भेन्टिलेटरबाट निकालेर फिर्ता ल्याएका थिए । सोहि क्रममा एम्बुलेन्स दुर्घटनामा परेको हो ।

अन्जलीको मृत्यु भएको जनाएको छ । उनको मृत्युको कारण भने दुर्घटना वा रोग नै भन्ने विषयमा अनुसन्धानपछी मात्रै खुल्ने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । एम्बुलेन्स आफै अनियन्त्रीत भएर दुर्घटना भएको प्रहरीको भनाई छ । एम्बुलेन्समा सवार अन्य पाँच जना व्यक्ति भने सकुशल रहेका छन् । एम्बुलेन्स र चालक भारतको नैनितालका ५० वर्षीय प्यारेलाललाई इलाम प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.