डोटीमा पौडी खेल्ने क्रममा डुबेर एक पुरुषको मृत्यु

डोटी : डोटीमा पौडी खेल्ने क्रममा डुबेर एक पुरुषको मृत्यु भएको छ। डोटीको शिखर नगरपालिका ७ लाटामान्डौमा रहेको छेडागाडमा नुहाउने क्रममा पौडी खेल्दा डुबेर रोल्पाको मध्यपश्चिम नगरपालिका-३ खुमेल घर भएका ३६ वर्षीय दिपेन्द्र घर्ति मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

मृतक घर्तिमगर हिमाल रोजीन खोटो कम्पनिमा खोटो संकलन कार्यका लागि डोटी पुगेको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको डोटी प्रहरीले जनाकारी दिएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.