दोहोरो नागरिकतासम्बन्धी कसुरमा कान्तिपुर कार्यालयबाट कैलाश सिरोहिया पक्राउ

काठमाडौं : कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौं प्रहरी परिसरको संयुक्त टोलीले सिरोहियालाई पक्राउ गरेको हो । दोहोरो नागरिकतासम्बन्धी कसुरमा धनुषा जिल्ला अदालतले सिरोहियालाई पक्राउ गर्न आज बिहान प्रहरीलाई अनुमति दिएको थियो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीसहितको टोली सादा पोशाकमा थापाथलीस्थित कान्तिपुर पब्लिकेसन्सको कार्यालय पुगेका थिए । त्यसपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई आफैं पुगेका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.